काठमिडौं/ सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितलाई सहकारी विभागको रजिष्टार र सहकारी विभागका रजिष्टार झलकराम अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको जनाएको छ । पण्डितले सहकारी विभागको रजिष्टारको जिम्मेवारी २०७८ फागुन २ गतेबाट सम्हाल्नु हुने जनाइएको छ । २ वर्षभन्दा बढी समय सहकारी विभागको रजिष्टार भएर सहकारीमा सन्दर्भ व्याजदर निर्धारण गरी कार्यान्वयन र त्यसको पुनरावलोकन गर्ने जस्ता कार्य गरेका डा.टोकराज पाण्डेलाई गत कार्तिकमा सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेपछि सहकारी विभागमा रजिष्टार बनेर आएका झलकराम अधिकारी छोटो समयमा नै सरुवा हुनु भएको हो ।
सरकारले गत हप्ता नेपाल सरकार, भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा गणेशप्रसाद पाण्डेय तथा बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौलालाई सरुवा गरेको थियो । सहकारी क्षेत्रलाई राम्रोसँग बुझेका निरौला यस अघि १ नं. प्रदेश सहकारी महाशाखाको रजिष्टार हुनुहुन्थ्यो ।