रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को टोखाणा सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र स्थापना

काठमाडौंको बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को काठमाडौंको टोखामा सदस्य सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र कार्यालयको उद्घाटन भएको छ । बिहीबार सो संस्थाको २५औं स्थापना दिवसको अवसरमा उक्त कार्यालयको स्थापना गरिएको हो । मुक्तिनाथ कृषि कम्पनी लि.सँग को सहकार्यमा सञ्चालनमा आएको त्यस कार्यालयको मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरत ढकालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष ढकालले कृषिमा भएको बिचौलिया प्रथाको अन्त गरी कृषिलाई प्रमुख आयोश्रोतको माध्यम बनाएर कृषिको माध्यमबाट रोजगारी सृजना गर्न

उद्देश्यले तल्लो तहसम्म पहुँच रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.सँग मुक्तिनाथ कृषि कम्पनीले सहकार्य गरेको बताउनुभयो । उहाँले यो सहकारी मार्फत किसानसँग जोडिएर किसानलाई प्रविधिसँग जोडेर किसानको उत्पादनको पहिचान र बजारीकरणका लागि मुक्तिनाथ कृषि कम्पनी लि.ले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ‌।

कार्यक्रमको अध्यक्षता गर्दै रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष भानुभक्त ढकालले कृषिमा भएको विचौलिया प्रथाको अन्त गरी किसानलाई उचित प्रतिफल दिलाउने उद्देश्यले हाम्रो यस संस्थाको सेवाकेन्द्र कार्यालय, टोखाबाट कृषि श्रोतकेन्द्र कार्यालय सञ्चालन आरम्भ गरेको बताउनुभयो । उहाँले हाम्यो यस संस्थाका किसान शेयर सदस्यलाई कृषि सम्बन्धी तालिम तथा वीउ, मल आदि सेवा प्रवाह गर्ने यो केन्द्रकै उद्देश्य रहेको बताउनुभयो ‌। कार्यक्रममा त्यसै संस्थाका प्रवन्ध निर्देशक सीताराम काफ्लेले उक्त संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै कृषिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यो कृषि श्रोत केन्द्र स्थापना गरिएको बताउनुभयो ।

वि.सं. २०५४ बैशाख ९ गते स्थापना भएको उक्त संस्थाको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन भइरहेको सोही संस्थाका प्रबन्ध निर्देशक काफ्लेको भनाइ छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *