ललितपुर/ ३ दिवसीय कार्यक्रम गर्दै ललितपुरको सहकारी अभियानले ६५औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । सो अभियानद्वारा आउदो चैत १९ गते मंगलबजारमा बृहत रक्तदान कार्यक्रम गर्ने, चैत्र २० गते लगनखेल चौतारामा भेला भएर कुमारीपाटी, जावलाखेल , पुल्चोक, गा:बहाल हुदै मंगलबारसम्म प्रभातफेरी आयोजना गर्ने र सोही दिन साँझ दीप प्रज्वलन गर्ने तथा चैत्र २१ गते महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा सहकारी गोष्ठी तथा गोदावारी नगरपालिकासँगको समन्वयमा सहकारी अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने गरी कार्य भइरहेको जनाइएको छ ।
प्रतिभा साकोस र सामाजिक साकोसले रक्तदान कार्यक्रम गर्ने
६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरको लगनखेल क्षेत्रमा रहेका प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. र सामाजिक बचत तथा ऋण सहकारी संस्था लि.ले यही चैत १९ गते ललितपुरको लगनखेल, बसपार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएका छन् ।