ललितपुर जिल्ला बचत संघले जेष्ठ १८ र १९ गते ‘साकोस कोषाध्यक्ष गोष्ठी -२०८१’ आय‍ोजना गर्ने


ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सहकारी संस्थाको संस्थागत विकासका लागि आवश्यक विषयहरुलाई समेटेर काभ्रेपलाञ्चोक जिल्ला सदरमुकाम धुलिखेलस्थित मिरावेल रिर्सोट एण्ड होटेलमा यही जेष्ठ १८ र १९ गते २ दिवसीय आवासीय साकोस कोषाध्यक्ष गोष्ठी २०८१ हुने भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो सदस्य रहेका साकोसका कोषाध्यक्षको जिम्मेवारी, भूमिका र कर्तव्यको बारेमा प्रशिक्षित गर्ने सो गोष्ठीको मुख्य उद्देश्य रहेको बताइएको छ । ‘कतिपय सहकारी संस्थाका कोषाध्यक्षलाई आफ्नो कर्तव्य र जिम्मेवारी बारेमा राम्र‍सँग थाहा नहुदा कतिपय सहकारी संस्थामा समस्या उत्पन्न भएकोले त्यस्तो अवस्था आउन नपाओस् भनेर यो गोष्ठी आयोजना गर्न लागेको’ सोही संघका अध्यक्ष रामहरि बजगाईँले बताउनुभएको छ । यो ग‍ोष्ठीमा सहभागी हुन ललितपुर बाहिरका जिल्लाका साकोसले समेत इच्छा व्यक्त गर्नु भएको छ तर हामीसँग हाम्रा सदस्यहरु बाहेक अरुलाई य‍ो ग‍ोष्ठीमा सहभागी गराउन नसक्ने बाध्यता छ’, उहाँको भनाइ छ ।

गोष्ठीमा सहकारी क्षेत्रसँग सम्बद्ध विज्ञ लगायतले प्रस्तुती गर्ने कार्यक्रम रहेको त्यसै संघका व्यवस्थापक सन्तोष बजगाईँको भनाइ छ ।

२०५० सालमा स्थापना भएर अगाडि बढिरहेको यो संघले आफ्ना सदस्यहरुलाई केेन्द्रित गरी समय समयमा सहकारी शिक्षा तथा तालिम, गोष्ठी, अन्तर्क्रिया जस्ता रचनात्मक कार्यक्रम आय‍ोजना गर्दै आएको छ । यस अघि य‍‍ो संघले आफ्ना सदस्य संस्थाहरुका अध्यक्षको सहभागितामा साक‍ोस अध्यक्ष ग‍ोष्ठी-२०८० आयोजना गरेको थियो र सो ग‍‍ोष्ठीको सफलताबाट उत्साहित भएर हाम्रो यस संंघले यो साकोस कोषाध्यक्ष गोष्ठी-२०८१ आयोजना गर्न लागेको त्यसै संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *