ललितपुर महानगरपालिका नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई वार्षिक विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ (२) बमोजिम २०७८ पौष महिना भित्र साधारण सभा सम्पन्न गरी वार्षिक प्रतिवेदन यस महानगरपालिकामा पेश गर्नु पर्ने प्रावधान अनुसार मिति २०७८, फागुन ३ सम्म १५४ वटा संस्थानहरुको प्रतिवेदन मात्र पेश हुन आएको हुँदा प्रतिवेदन बुझाउन बाँकी संस्थाहरुले तोकिएको जरिवाना तिरी २०७८ चैत्र महिना भित्र बुझाउनु होला , अन्यथा ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६६ को उपदफा ३(क) बमोजिम कारबाहीको लागि राष्ट्रिय दैनिक पत्रिकामा संस्थाको नामनामेसी सहित प्रकाशन हुने व्यहोरा सूचित गरिन्छ ।
उद्योग तथा सहकारी शाखा, ललितपुर महानगरपालिका