भक्तपुर/ भक्तपुरको मध्यपुर नगरपालिका-४,शंखधर चोकस्थित आफ्नै भवनबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप-समितिको आयोजनामा आज सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो । ६५औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आफ्ना आफ्ना शेयर सदस्यहरुका लागि शंखधर पार्टी प्यालेस , शंखधर चोकमा उक्त संस्थाले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भटृराई तिमिल्सिनाले महिला सशक्तिकरण आवश्यक रहेको भन्दै महिला दिदीबहिनीहरु उद्यमशील हुनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले कार्यक्रमको सहजीकरण गर्दै सहकारी ऐन नियमको पालना गरी सहकारी संस्था सहकारितामा आधारित भएर सञ्चालन हुनु पर्ने बताउनुभयो । त्यस संस्थाका शिक्षा उप-समितिका संयोजक पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य र सोही उप-समितिका सदस्य केशवचरण श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले
उक्त संस्थाको गतिविधि बारे प्रकाश पार्दै तालिममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । तालिममा ७० जनाको सहभागिता रहेको थियो ।
सो संस्थाको आयोजनामा गत हप्ता सोही स्थानमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
……………………………………………………………………..
हार्दिक मंगलमय शुभकामना
६५औं राष्ट्रिय सहकारी दिवस तथा आउदै गरेको नयाँ वर्ष वि.सं.२०७९ को उपलक्ष्यमा हाम्रो यस शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य, कर्मचारी तथा सहकारीकर्मीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
रामसुन्दर श्रेष्ठ
अध्यक्ष तथा