काठमाडौं/ बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले नेपाल सरकारले आउदो जेठ १ गतेदेखि परीक्षणको रुपमा शनिबार र आइतबार हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरी राजपत्रमा प्रकाशन गरेकोले त्यसलाई आफूले कार्यान्वयन गर्ने जनाएको छ । नेफ्स्कूनद्वारा आज आफ्ना सदस्य संघ/संस्थाहरुका लागि जारी गरिएको मार्गदर्शनमा आफ्ना सदस्य संघ/संस्थाहरुलाई नेपाल सरकारको उक्त निर्णय कार्यान्वयन गर्न मार्गदर्शन गरिएको छ ।
……………………………………………………………………..