शाक्य पुच: साकोसको २२औं स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर/ ललितपुर महानगरपालिका-६, कनिबहालमा रहेको शाक्य पुच: बचत तथा ऋण सहकारी संस्था लि.को २२औं संस्था स्थापना दिवसको अवसरमा सोही संस्थाको आयोजनामा २०७९ असार २६ गते आईतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । सो संस्थाको कार्यालय परिसरमा रक्तदान-जीवनदान भन्न नारा नाराका साथ सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी , ललितपुर महानगरपालिका -६ र १७ नं. उप-शाखाको प्राविधिक सहयोगमा सम्पन्न त्यस कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई आयोजक शाक्य पुच: बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानेन्द्र शाक्यले प्रमाण-पत्र प्रदान गर्दै उक्त रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यस अ । रक्तदान कार्यक्रममा त्यसै संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु , शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ‌। अध्यक्ष शाक्यले रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यका साथ यो रक्तदान कार्यक्रम आयोजना गरिएको अलगपथलाई बताउनुभयो ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाको आयोजनामा समय-समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान , सरसफाई जस्ता बिभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ललितपुर महानगरपालिका भर कार्यक्षेत्र रहेको त्यस संस्थामा शेयर सदस्य संख्या ८५०, शेयर पूँजी रु. १ करोड २४ लाख र कूल कारोवार रु.२० करोड रहेको त्यसै संस्थाका अध्यक्ष शाक्यको भनाई छ ‌।

Leave a Reply