शुभकामना साकोसको २२औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ आफ्नै भवनबाट भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवस बुधबारबाट सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छ । त्यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोही संस्थाको आयोजनामा भक्तपुरको ऐतिहासिक टौमढी परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

रक्तदान-जीवनदान- महादानको मूल संन्देशलाई हृदयङ्गम गरी रगतजन्य तथा अन्य रोगीहरु कोही कसैको पनि रगतको अभावले ज्यान नजाओस् र सरल रुपमा रगतको पूर्ति होस् भन्ने हेतुले सञ्चालित उक्त रक्तदान कार्यक्रममा महिला ८ जना र पुरुष १४ गरी २२ जना रक्तदाताले रक्तदान गरेको आयोजकको भनाई छ । उक्त कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई त्यसै संस्थाका अध्यक्ष रामप्रसाद कासुला लगायतले धन्यवाद सहित प्रमाण पत्रहरु प्रमाण-पत्र गर्नु भएको थियो ।

स्थापना भएदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्था भक्तपुर जिल्लामा सञ्चालनमा रहेका ठूला सहकारी संस्थाहरु मध्ये एक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *