इटहरी/ सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको पदास्थापन भएको छ । शनिबार मोरङको लेटाङमा आयोजित कार्यक्रममा उहाँहरुको पदस्थापन भएको सो संस्थाले जनाएको छ । उक्त संस्थाको हालै सम्पन्न चुनाव सहितको साधारण सभाले दीपक पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको थियो । सोही समितिको उपाध्यक्षमा दीपक थापा र सदस्यमा पवित्रा शर्मा घिमिरे , स्वागत श्रेष्ठ , रुपनारायण भटृराई , उमानाथ दाहाल र पवित्रा कुमारी घिमिरे निरौला हुनुहुन्छ ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।






……………………………………………………………………..
सोही कार्यक्रममा आफ्ना १ हजार ७ सय शेयर सदस्यलाई आफ्नै दुई तले भवनबाट वित्तीय सेवा प्रवाह गरिरहेको उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी मोवाइल बैंकिङ्ग सेवा प्रारम्भ भएको घोषणा गरिएको थियो । आफ्ना शेयर सदस्यहरुलाई प्रविधि मैत्री बनाउदै लैजाने उद्देश्यले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम. बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड ,काठमाडौ र सहकारी क्षेत्रको सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रा.लि. काठमाडौसँगको सहकार्यमा यो मोवाइल बैकिङ्ग सेवाको सञ्चालन सुरु गरेको जनाइएको छ । त्यस मोवाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा र सहकारीबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने , इ-सेवा, खल्ती , प्रभु पे ,क्युआर कोड सेवा प्रवाह तथा विद्युत महशुल भुक्तानी र हवाई टिकट बुकिङ गर्न सकिने त्यसै संस्थाका उपाध्यक्ष दीपक थापाको भनाई छ ।
उक्त संस्थाका नि:बर्तमान अध्यक्ष किरण पराजुलीको अध्यक्षतामा सम्पन्न त्यसै कार्यक्रममा त्यस संस्थाले सञ्चालन गरेको दुई दिवसीय योग शिशीर तथा मोटिभेशन तालिमको समापन गरिएको थियो । सो शिशीर तथा मोटिभे तालिममा योग प्रशिक्षक गंगा ढकालले योग प्रशिक्षण दिनुका साथै सहकारी र सामाजिक जीवन जीउने विषयमा विद्वान भेषराज न्यौपानेले सहजीकरण गर्नु भएको बताइएको छ ।
वि.सं.२०६५ सालमा स्थापना भएको सो संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

