शुभश्री साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा श्यामसुन्दर कायष्ठ चयन

श्यामसुन्दर कायष्ठको अध्यक्षतामा सञ्चालक समिति र उत्तम श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा २०८१ पुस २० गते शनिबार यचु पार्टी भेन्यु ,शंखधरचोकमा सम्पन्न भयो ।

४ वर्षे कार्यकाल रहने गरि सर्वसम्मत रुपमा चयन भएको उक्त सञ्चालक समितिको उपाध्यक्षमा रत्नसुन्दर कायष्ठ, सचिवमा सुन्दर बज्राचार्य , कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ,र सदस्यमा ज्ञानकृष्ण श्रेष्ठ, काशीभक्त कायष्ठ, बालकृष्ण श्रेष्ठ, सजिता कसिधजु र नन्दलाल श्रेष्ठ हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा गोपाल श्रेष्ठ न्हा र सुभेच्छा बज्राचार्य चयन हुनुभएको छ ।

सो साधारण सभाको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । साधारण सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले मध्यपुर महोत्सव सफल पार्न सहयोग गरेकोमा शुभश्री साकोसलाई धन्यवाद ज्ञापन गर्नुभयो । सहकारीले रोजगारी सिर्जना गर्ने गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्नेमा ज‍ोड दिदै उहाँले मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु मध्यपुर थिमि नगरपालिकासँग सहकार्य गरि सहकारी मूल्य र मान्यता भित्र रहेर सञ्चालन हुनु पर्ने बताउनुभयो । उहाँले शुभश्री साकोसका क्रियाकलाप र यसले गरेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्नुभयो ।

सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले अध्य्यक्षता, उपाध्यक्ष श्यामसुन्दर कायष्ठले स्वागत मन्तव्य र सचिव काशीभक्त कायष्ठले सञ्चालन गर्नु भएको साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि.,भक्तपुरका उपाध्यक्ष वीरेन्द्र भक्त प्रधानाङ्गले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको शुभश्री साकोसले गरेको प्रगति प्रशंसनीय रहेको भन्दै उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो । सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै उहाँले ‘सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुरुप स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थामा समस्या छैन’, भन्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको सञ्चालक समितिको आ.व.२०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा आधारित नभएका राजधानी सहितका केही सहकारी संस्थाहरुले आर्थिक मन्दीका कारण निक्षेप संकलन तथा ऋण प्रवाहमा परेको अशरबाट अफ्ठ्यारो स्थिति सृजना भई बचत फिर्ता गर्न नसकेको अवस्थामा हाम्रो यस संस्था समुदायमा आधारित भएकोले सो समस्याबाट टाढै रहेको बताउनुभयो ।

यस्तैैैगरी उक्त संंस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय रुपमा छरिएर रहेको बचत रकमलाई संकलन गरि स्थानीय रुपमै लगानी गर्ने उद्देश्यले “आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं” भन्ने मुल नाराका साथ सहकारी ऐन,२०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६४ साल कार्तिक २१ गते २७ जना शेयर सदस्यबाट रु.१,७२,००० पूँजी संकलन गरि दर्ता भएको यस संस्थामा २०८१ आषाढ मसान्तसम्म शेयर सदस्य २,६२०, शेयर पूँजी रु.४,६९,५६,२००, निक्षेप संकलन रु.३१,३०,५३,६२३/५८, ऋण लगानी रु.२१,२६,२२,४०६/२९ र कर अघिको खुद बचत रु.३२,९०,७५३/९८ रहेको बताउनुभयो ।

त्यस्तै सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक गोपाल न्हा श्रेष्ठले संस्थाको लेखा सुपरीवेक्षण समितिको आ.व.२०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थामा गत वर्षको वार्षिक साधारण सभाले अनुमोदन गरेका निर्णयहरुको कार्यान्वयन सन्त‍ोषप्रद रहेको बताउनुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो ।

साधारण सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यद्वय रामबहादुर तपी श्रेष्ठ र गौरीमाया श्रेष्ठका साथै यो संस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विशेष योगदान गर्ने लक्ष्मी शोभा शाक्य र विनिता भट्टराईलाई सम्मान गरियो ।
यस्तै २०८१ मंसिर ८ र ९ गते सोही संस्थाको आय‍ोजनामा सम्पन्न झ‍ोल साबुन तथा सरफ बनाउने तालिममा सहभागी निर्मला श्रेष्ठ, संगिता न्हाँ श्रेष्ठ , रजनी श्रेष्ठ र इन्दु श्रेष्ठलाई कदरपत्र प्रदान गरि सम्मान गरियो । यसैगरी त्यस संस्थाका उत्कृष्ट बाल बचतकर्ता सायुज्य श्रेष्ठका साथै शेयर सदस्यहरुका छोराछ‍‍रीमध्ये २०८० सालको माध्यमिक शिक्षा परीक्षा (SEE) उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका रितिका श्रेष्ठ र निल श्रेष्ठलाई सम्मान गरियो ।
त्यस अवसरमा साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र ६७औं राष्ट्रिय सहकारी दिवसमा तृतीय भएको बालकुमारी बासुरी खल:लाई मायाको चिनो प्रदान गरि सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *