शुमश्री साकोसको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न, जेठ २८ गते स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ १५ गते क्षमता अभिबृद्धि तालिम -२०७९ सम्पन्न भयो । सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा होटल भ्यू , भक्तपुरमा सम्पन्न उक्त तालिममा सोही संस्थाका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुका साथै कर्मचारीको सहभागिता रहेको थियो । उक्त संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षता र शिक्षा उप-समितिका संयोजक रत्नमान श्रेष्ठको सञ्चालनमा सम्पन्न तालिममा नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । त्यस तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो । त्यो तालिम उपलब्धीमूलक भएको तालिममा सहभागीहरुको भनाई छ ।

यसैगरी त्यसै संस्थाको आयोजनामा आउदो जेठ २८ गते शनिबार विहान ८ बजेदेखि सोही संस्थाको कार्यालय परिसरमा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी भइरहेको सो संस्थाले जनाएको छ । आफ्ना शेयर सदस्यहरुका साथै स्थानीयबासीहरुको हितलाई मध्यनजर गरी आयोजना हुने १ दिवसीय नि:शुल्क स्वास्थ्य शिविरमा दन्त परीक्षण , आँखा जाँच र स्वास्थ्य परीक्षण हुने उक्त संस्थाका शिक्षा उप-समिति संयोजक रत्नमान श्रेष्ठको भनाई छ ।

स्थानीय समुदायमा आधारित त्यस संस्थामा शेयर सदस्य संख्या २,६५० , शेयर पूँजी रु.४,६७,२२,६००, निक्षेप संकलन रु.३२,७२,६६,०००, कर्जा लगानी रु.२४,७०,६८,२००, जगेडा तथा अन्य कोष रु.२,०७,५४,७७८ र कूल कारोवार रु.४३,७९,४७,००० रहेको जनाइएको छ ।

Leave a Reply