ललितपुर/ ललितपुरको च्यासलमा रहेको श्री तीनमुखे गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ललितपुरको च्यासल लाछीमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । काठमाडौं मेडिकल कलेज , सिनामंगलको प्राविधिक सहयोगमा यही जेठ ३० गते सोमबार सम्पन्न सो शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग , बाल रोग, सल्यक्रिया , हाडजोर्नी तथा नशा रोग , छाला तथा यौन रोग , दात, नाक, कान , घाँटी र आँखाको परीक्षण तथा उपचार सेवा प्रवाह गरिएको थियो भने ईसीजी सहितको ल्याव परीक्षण पनि गरिएको थियो । आफ्ना शेयर सदस्य र कर्मचारी तथा स्थानीयबासीका लागि सोही संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको त्यस शिविरमा २६७ जनाको स्वास्थ्य परीक्षण गरिएको त्यसै संस्थाकी व्यवस्थापक सविता व्यञ्जनकारले अलगपथलाई बताउनुभयो । यो शिविरमा स्वास्थ्य परीक्षण गरेका विरामीको काठमाडौं मेडिकल कलेज , सिनामंगलमा ओपीडी स्वास्थ्य परीक्षणमा २५ प्रतिशत र अप्रेशन र बेड चार्जमा ५० प्रतिशत छुट हुने सहमती भएको व्यवस्थापक व्यञ्जनकार को भनाई छ ।
काठमाडौं मेडिकल कलेज, सिनामंगलका निर्देशक डा. सुमनकुमार श्रेष्ठको विशेष उपस्थिति रहेको त्यो शिविरमा आयोजक श्री तीनमुखे गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप-समिति हरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु तथा कर्मचारी र स्थानीयबासीहरु को सहभागिता रहेको थियो । उक्त शिविर सफल बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गर्ने सबैमा सोही संस्थाका अध्यक्ष रामलाल व्यञ्जनकारले धन्यबाद ज्ञापन गर्नुभयो ।
स्थानीय समुदायमा आधारित सो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहेको त्यस संस्थाका सूचकहरुबाट देखिएको छ ।
स्वास्थ्य शिविरको झलक






