श्री बाराही साकोसमा दही बनाउने तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उप-समितिको आयोजनामा आज एक दिने दही(जुजु धौ) बनाउने तालिम सोही संस्थाको तालिम हलमा सम्पन्न भयो ।
उक्त तालिमको उद्देश्य भक्तपुर नगरकोे मौलिककतालाई आत्मसाथ गरी आर्थिक रुपले त्यस संस्थाका सदस्यहरुको समृद्धि गराउनु रहेको आयोजकको भनाई छ । उक्त तालिममा त्यस संस्थाका २० जना सदस्यहरुको सहभागिता रहेको थियो ‍

आजै त्यसै संस्थाका उपाध्यक्ष बलराम प्रजापति र प्रशिक्षक कृष्ण गोपाल लवजुको आतिथ्यता तथा सोही संस्थाको सदस्य तथा बचत उप-समितिकी संयोजक शर्मिला मानन्धरको अध्यक्षतामा तालिम सपामन कार्यक्रम गरियो । कार्यक्रममा प्रशिक्षार्थीहरु मध्येबाट लक्ष्मी फांजु र विकास सुवालले तालिम सम्बन्धी आफ्नो धारणा व्यक्त गर्नुभयो । यसैगरी तालिमका प्रशिक्षक कृष्ण गोपाल लवजुले तालिमको क्रममा प्रशिक्षार्थीहरुको सिक्ने हौसला र आत्मविश्वास राम्रो रहेको र व्यवसायिकरण गर्न इच्छुक प्रशिक्षार्थीहरुलाई आवश्यक सरसल्लाह प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

। यस्तै सो संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले हाम्रो भक्तपुर नगर कला, संस्कृति र परम्परागत मुल्य मान्यतालाई आत्मसाथ गर्दै आएको नगर भएको हुनाले नयाँ पुस्तालाई सिकाउने हामी सबैको जिम्मेवारी रहेको र व्यवसायिक रुपमा अगाडि बढाउनको लागि यस संस्थाले साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
अन्तमा कार्यक्रमको अध्यक्षता गरेकी मानन्धरले तालिम सञ्चालन गर्नको लागि साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरी तालिम सम्पन्न भएको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *