ऋणको माग नहुँदा समुदायमा आधारित सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न सकस

सहकारी संस्थाहरुले शेयर सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भनेर केही सहकारी संस्थाहरुका शेयर सदस्यहरुले संघर्ष गरिरहेका र सञ्चार माध्यम , नीति निर्मातन एवं राज्यका नियामक निकाय त्यसैमा मात्र केन्द्रित हुँदा लगानीको वातावरण बन्न नसकेर समुदायमा आधारित अधिकांश सहकारी संस्थाहरुमा तरलता वृद्धि भइरहेको र यो तरलता व्यवस्थापन गर्न उनीहरुलाई कठिनाई भइरहेको सरोकारवालाहरु बताउछन् । ऋणको माग हुन छाडेपछि यीमध्येका कतिपय सहकारी संस्थाहरुले नियमित मासिक बचत मात्रै संकलन गर्न थालेको देखिएको छ । सरकार र नियामक निकायले यसमा ध्यान नदिएको उनीहरुको गुनासो छ ।

यता अधिकांश सहकारी संस्थाहरुका कतिपय शेयर सदस्यहरुले आफूले लिएको ऋणको सावा र व्याज समयमा भुक्तानी नगर्दा ती संस्थाहरु वित्तीय समस्या देखिएको छ । सहकारी विभागले सहकारी संघ संस्थाहरुबाट लिएको ऋणको सावा र व्याज समयमै सम्बन्धित सहकारी संघ संस्थामा भुक्तानी गर्न पुन: अनुरोध गरेको छ । सो विभागले समयमा सहकारीको ऋणको सावा र व्याज नतिरेमा ऐन र नियममा भएको व्यवस्था अनुसार कार्य गर्न बाध्य हुने पटक पटक दोहो-याएको छ । ऋण तिर्न सूचना मात्रै जारी गर्ने तर नियतबस ऋण नतिर्ने शेयर सदस्यलाई कानूनी दायरामा ल्याउन नियामक निकायले कार्य नगरेको छैन । जसले सहकारी विभागले जारी गरेका सूचना हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *