सहकारीको आवश्यकता नरहेको भन्ने सार्वजनिक टिप्पणीप्रति राष्ट्रिय सहकारी महासंघको आपत्ती

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपालको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको आवश्यकता नरहेको भन्ने टिप्पणी सार्वजनिक भ एको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । उक्त प्रेस विज्ञप्तिमा ‘स्वरोजगार कोषको पैसा सहकारी मार्फत युवा उद्यमी हरुमा वितरण गर्ने योजनाको विरोधमा बोल्दै समुदाय नै मालिक हुने व्यवस्थाप्रति दिएको अभिव्यक्तिले समुदायको उत्थानप्रति गैरजिम्मेवार रहेको स्पष्ट हुन्छ ‘उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *