सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरु बीचको निकै लाामो रस्साकस्सीपछि अन्तत: सरकारमा रहेका दलहरु र प्रतिपक्षी नेपाली कांग्रेस बीच सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति गठन सहमत भएका छन् तर त्यो समितिको कार्यदेशको टुङ्गो लाग्न भने बाँकी रहेको र त्यसका लागि आज विहान छलफल हुने बताइएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा दलहरु सो समिति बनाउन सहमत भएको जनाइएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संयोजन गर्ने गरि निर्माण भएको यो समितिमा नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र पूर्व शिक्षा मन्त्री तथा रास्वपाका सांसद शिशिर खनाल रहनुभएको छ ।
यो समिति बनेसँगै संघीय संसदको गतिरोध अन्त हुने र आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक पूर्ववत अगाडि बढ्ने अपेक्षा गरिएको छ । रास्वपाका सभापति समेत रहेका उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकोले उहाँ माथि छानविनका लागि संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेसले संघीय संसदका दुब सदन अवरुद्ध गर्दै आएको छ , जसका कारण गत जेेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम लगायतका विषयमा संघीय संसदका दुुबै सदनमा छलफल हुन सकेको छैन ।
सरकारमा रहेको नेकपा (एस) तथा प्रतिपक्षमा रहेका राप्रपा, जनता समाजवादी पार्टी,नेपालर लोसपा र राष्ट्रिय जनमोर्चा लगायतले सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेका थिए ।
समुदायमा आधारित सहकारीमा छैन समस्या , सहकारीको आवरणमा नियम विपरीत कार्य गर्ने सहकारीमा समस्या
सहकारीको आवरणमा सहकारीको ७ सिद्धान्त विपरीत कार्य गर्ने सहकारी संस्थाहरु समस्यामा परेको देखिएको छ । उनीहरुले बचतमा बढी व्याजको लोभ देखाएर सदस्यहरुबाट पैसा बचत गराउने र सो रकमलाई मिटर व्याजमा लगानी गरेका तथा घरजग्गा ,शेयर बजार, हाइड्रोपावर लगायतमा जथाभावी अन्धाधुन्ध लगानी गरेका त्यस्ता संस्थाहरु समस्या परेको सरोकारवालाहरु बताउछन् । तिनीहरुले आफ्ना शेयर सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्ता शेयर सदस्यहरुमा रुवाबासी भएको देेखिएको छ भने सहकारी संस्थाबाट कर्जा लिएका धेरै सदस्यहरुले समयमा कर्जाको किस्ता र व्याज समयमा नतिर्दा पनि धेरै सहकारी संस्था समस्यामा परेका छन् । यही मौकामा सहकारी पीडित हक हित संरक्षण संघर्ष समितिको नाममा सहकारी पीडितलाई नै दुहुनो गाई बनाएको कतिपय जानकारहरुको भनाइ छ ।
सहकारी ऐन र नियमावली राम्रोसँग कार्यान्वयन हुन नसक्ता र नियामक निकायले सहकारी संंघ/ सस्थाहरुको समयमा राम्रोसँग नियमन गर्न नसक्ता सहकारीमा बेथिति देेखिएको छ ।
यता समुदायमा आधारित सहकारीको ७ सिद्धान्त तथा ऐन र नियमलाई पालना गरेर सञ्चालन भएका सहकारी संस्थामा तरलता समस्या नभएको जानकारहरु बताउछन् । ललितपुरको शंखमुल आवास क्षेत्रमा आफ्नै भवनमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, ललितपुरकै कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.कि अध्यक्ष शान्तलक्ष्मी खड्गी शेयर सदस्यहरुले आफ्नो संस्थामा बढी बचत गरिदिदा सो बचत रकम व्यवस्थापन गर्न संस्थालाई कठिन भएको अवस्था रहेको बताउनुहुन्छ ।