सहकारी अभियान्ता थापा बागमती प्रदेश सभा सदस्यको उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारीका लागि सहकारी अभियान्ताहरुको नाम पनि सिफारिस भएका जानकारी प्राप्त भएको छ । यसैक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउदेश्यीय सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष एवं तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष मनोज थापा मगरलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौं जिल्ला क्षेत्र नं.९(ख)बाट बागमती प्रदेश सभा सदस्य पदको उम्मेद्वारको लागि केन्द्रमा सिफारिस गरेको बताइएको छ । इमान्दार, गतिशील, सिर्जनशील , मिलनसार र बौद्धिक व्यक्तित्वको रुपमा सहकारी अभियान्ता थापा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *