काठमाडौं/ सहकारी विभागले आज ८८ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । देशभरका २९ हजार भन्दा बढी संख्यामा रहेका सहकारी संघ/ संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यो निर्देशन जारी गरेको सहकारी विभागले जनाएको छ । झलकराम आधिकारी सहकारी विभागको रजिष्टारको जिम्मेवारीबाट बिदा हुनै लाग्दा यो निर्देशन जारी गरिएको हो । सहकारी विभागमा रजिष्टार बनेर आउदै गर्नु भएका रुद्रप्रसाद पण्डित नेतृत्वको अबको सहकारी विभागले यसको कार्यान्वयन कसरी कार्यान्वयन गर्छ , त्यो भने हेर्न बाँकी नै छ ।















