सहकारी विभागले सहकारी संस्थाबाट लिएको ऋणको सावाँ र व्याज समयमा भुक्तानी गर्न पुन: अनुरोध गरेको छ । सो विभागका रजिष्टार पिताम्बर घिमिरेले हस्ताक्षर गरि मंगलबार जारी गरिएको सूचनामा सहकारी ऐन,२०७४ को दफा ७९ तथा सहकारी नियमावली,२०७५ को नियम ३० बमोजिमका ऋण तथा बाँकी बक्यौता असुली गर्ने व्यवस्थाहरु लगायतका प्रचलित कानुनी प्रावधानहरुको पूर्ण परिपालना गरि आफ्ना सदस्यहरुको ऋण तथा बाँकी बक्यौता असुल गर्ने तर्फ थप क्रियाशील हुन सहकारी संस्थाहरुलाई भनिएको छ ।
सहकारी संस्थाहरुका धेरै सदस्यहरुले आफूले लिएको ऋणको सावाँ र व्याज समयमा भुक्तानी नगर्दा कतिपय सहकारी संस्थाहरुमा तरलताको समस्या देखिएको छ । यस्तै सहकारी ऐन, सहकारी नियमावली तथा प्रचलित कानुनी प्रावधानहरुको परिपालना नगरी जथाभावी सञ्चालन भएका कतिपय सहकारी संस्था समस्यामा परेका छन् । जसको अशर सहकारी सिद्धान्त, मूल्य , मान्यता , ऐन र नियमावली अनुरुप सञ्चालन भएका सहकारी संस्थाहरुमा पनि परेको छ ।