गैंडाकोट स्वाभिमान साकोस २९औं वर्षमा प्रवेश

गैंडाकोट/ बर्दघाट-सुस्ता पूर्वको नवलपरासीको गैंडाकोटमा मुख्य कार्यालय र ४ वटा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २८औं वर्ष पूरा २९औं वर्षमा प्रवेश गरेको छ । २०५० कार्तिक १ गते २८ जना शेयर सदस्यहरु मिलेर स्थापना गरेको सो संस्थाले आफ्नो २८औं स्थापना दिवसको अवसरमा आफ्ना शेयर सदस्य , कर्मचारी तथा त्यस संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद सहित शुभकामना व्यक्त गरेको छ ‌।

२०७८ कार्तिक १ गतेसम्म उक्त संस्थामा शेयर सदस्य १० हजार ६ सय ४५ जना , कर्मचारी संख्या २७ जना , शेयर पूँजी रु.१३ करोड २० लाख , संस्थागत पूँजी रु.८ करोड ६० लाख , बचत संकलन रु.१ अर्ब ९ करोड , कर्जा लगानी रु.१ अर्ब ४ करोड र कूल सम्पति रु.१ अर्ब ३९ करोड रहेको त्यसै संस्थाले जनाएको छ ‌। सो संस्थाले नेफ्स्कूनले सञ्चालन गरिरहेको एक्स्सेस कार्यक्रमबाट एक्सेस ब्राण्ड प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *