भक्तपुर/ यहाँ जेष्ठ २९ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरिवेक्षण समितिको आयोजना तथाा नेफस्कूनको प्राविधिक सहयोगमा अनलाइन लेखा सुपरिवेक्षण तालिम सम्पन्न भयो । सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरीवेक्षण समिति सक्रिय भएको सहकारी संस्थामा समस्या छैन भन्दै सहकारी सुशासन र नियम संगत संञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले तालिमको सहजीकरण गर्नुभयो । सो तालिममा उहाँले लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षकका क्षेत्र तथा विधि, आन्तरिक लेखा परीक्षणको प्रतिवेदन र प्रस्तुतीकरणबारेमा सुक्ष्म ढंगले सरल र व्यवहारिक तालिम दिनुभयो । त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समितिका सदस्य सुशिला बरालले विषम परिस्थितीमा त्यस संघले खेलेको भूमिका बारेमा चर्चा गर्दै सहकारी संस्थामा लेखा समितिको क्षमता अभिवृदि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।
तालिम कार्यक्रमको अध्यक्षता गर्दै त्यसै समितिका संयोजक बालमुकुन्द उपाध्यायले हरेक बर्ष यस संघको लेखा सुपरिवेक्षण समितिले क्षमता अभिवृद्धि हुने तालिम कार्यक्रमहरुको आयोजना गदै आएको छ भन्नुभयो । उहाँले विषम परिस्थिामा पनि अवसरको रुपमा लिइ तालिमको आयोजना गरिएको बताउनुभयो ।
उक्त समितिका सदस्य श्रीप्रसाद त्यातजूले सो संघको संक्षिप्त परिचय राख्दै तालिम कार्यक्रम सञ्चालन गर्नुभयो । तालिममा २०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रह्यो ।
![](https://alagpath.com/wp-content/uploads/2021/06/IMG_20210612_214616-1.jpg)