मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महाशंकर रेग्मी सर्वसम्मत चयन

काठमाडौं/ काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष हुमकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले महाशंकर रेग्मीको अध्यक्षतामा सो संस्थाको सञ्चालक समिति र हुमकान्त न्यौपानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन ग-यो । ४ बर्षीय कार्यकाल रहेको त्यस सञ्चालक समितिको उपाध्यक्षमा बाशुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की तथा सदस्यमा शरदकुमार अधिकारी, राजकुमार श्रेष्ठ र शेखर बस्नेत हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको सदस्यमा सुभद्रा चौलागाईँ र प्रकाश धिताल चयन हुनुभएको छ ।

उक्त सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष रेग्मी यस अघि सञ्चालक समितिको सचिव र नवनिर्वाचित सचिव गेलाल यस अघि सोही संस्थाको कार्यकारी प्रमुख हुनुहुन्थ्यो ।

सो संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल बहुउद्देश्यीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकिरी संघ लि.,काठमाडौंका अध्यक्ष मनोज थापा मगर लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *