सन्दर्भ व्याजदर पुनरावलोकन गर्न राष्ट्रिय सहकारी महासंघको माग

काठमाडौं/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभाग सहित सरोकारवाला निकायलाई आग्रह गरेको छ । सो महासंघका अध्यक्ष मिनराज कँडेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी समय सन्दर्भलाई ध्यानमा राखेर बजारमा ब्याजदर बढ्दा बढ्ने र व्याजदर घट्दा घट्ने विषयमा सहकारी अभियान सम्बेदनशील रहेको भन्दै यतिबेला बजारमा व्याजदर बढेको अवस्था रहेकोले वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान गरेको सहकारीको सम्पति संरक्षणको लागि ऋणमा अधिकतम १७ प्रतिशतसम्म रहने गरी बचत र ऋणको व्याजदर बृद्धि हुने गरी सहकारी सन्दर्भ व्याजदर ३ दिन भित्र पुनरावलोकन गर्न अनुरोध गर्नु भ शएको छ ।

……………………………………………………………………..

Leave a Reply