सहकारी सम्बन्धी अध्यादेशको मुख्य व्यवस्था संशोधन गर्नुपर्छ : राधेश्याम सुवाल


आज भक्तपुर नगरपालिका-४, भुुलाँचामा रहेका श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.का ऋणी सदस्यहरु बीच अन्तर्क्रिया कार्यक्रम सोही संस्थाका अध्यक्ष तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का निवर्तमान अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा सम्पन्न भयो । सोही संस्थाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमका अध्यक्ष

सुवालले भर्खरै जारी अध्यादेशका मुख्य व्यवस्थाको बारेमा टिप्पणी गर्दै यो व्यवस्था संसोधन गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले यस व्यवस्थाले सहकारी संस्थामा झन थप समस्या उत्पन्न हुने, बचतकर्ताले बचत गर्न र ऋणीले ऋण लिन सिमित रकम तोकिनाले बचतकर्ता र ऋणी सदस्यहरुको आवश्यक्ता पूर्ति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । यो अध्यादेशले सहकारीको सदस्यहरुलाई बैकमा पठाउने लक्ष्यण देखिन आएको भन्दै उहाँले एक व्यक्तिले जति पनि बैकमा खाता खोल्न पाउने तर सहकारी संस्थामा एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन नपाउने भन्ने व्यवस्थालाई पनि संसोधन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । साथै उहाँले अध्यादेश मार्फत् कर्जा सूचना केन्द्रमा सहकारी सहभागी हुन पाउँने व्यवस्था गर्नको लागि पहल गर्नु भएकोमा नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ लगाएत सम्पूर्ण सहकारी अभियान्ताहरुमा हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी ऋणी सदस्यहरु मध्ये सुदर्शन पुरी, प्रमोद त्वानावासु, मोहन कृष्ण श्रेष्ठ, राजु न्यौपाने, पुरुषोतम कपाली, लक्ष्मी देवी सैजू लगायतले छलफलमा भाग लिनु भई संस्थालाई अग्रगतिमा लान सल्लाह सुझाव समेत दिनुभयो ।
ऋणी सदस्यहरुलाई सस्थाको बारेमा जानकारी दिने र समसामयिक विषयमा अद्यावधिक गराउने उद्देश्यले संस्थाका ऋणी सदस्यहरुसँग भटघाट गरि ऋण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । त्यसै संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले सञ्चालन गरेको त्यस कार्यक्रममा संस्थाका बरिष्ठ ऋण सहायक राजमती सुवाल, ऋण उप-समिति संयोजक पूर्णप्रसाद दुवाल र सदस्य रवि ध्वजू सहायकले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *