सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को सरल सेवाकेन्द्र सञ्चालनमा

ललितपुर/ काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले ललितपुर महानगरपालिका-४, बागडोलमा यही बैशाख ४ गतेदेखि आफ्नो सरल सेवाकेन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । ललितपुरको बागडोलमा रहेको सरल बहुउद्देश्यीय सहकारी संस्था लि. काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सितापाइला बहुउद्देश्यीय संस्था लि.सँग एकीकरण भएपछि यस अगाडि सरल बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय रहेको ठाउँमा उक्त सेवाकेन्द्र सञ्चालन शुरु भएको जनाइएको छ । त्यस सेवाकेन्द्रको पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले उद्घाटन गर्नुभयो । सो अवसरमा पूर्व अध्यक्ष बास्कोटाले सहकारीले उत्पादनमूलक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सितापाइला बहुउद्देश्यीय सहकारी संस्था र सरल बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण हुनु सुखद रहेको बताउदै सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले सञ्चालन शुभारम्भ गरेको सरल सेवाकेन्द्रबाट यसका शेयर सदस्यहरुले सहज ढंगबाट सेवा र सुबिधा प्राप्त गर्ने सक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक समेत रहनु भएका सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष केदार मानन्धरले सो संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै यस सरल सेवाकेन्द्रबाट हाम्रो यस संस्थाका शेयर सदस्यहरुलाई सहज ढंगबाट गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *