भक्तपुर / भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७, नगदेशमा आफ्नै भवनबाट

सञ्चालन भइरहेको जयपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थानीय कृषकहरुलाई सुपथ मुल्यमा युरिया मल विक्री गरिरहेको जनाएको छ । सोही संस्थाका व्यवस्थापक तुल्सीराम दुलालले

प्रति के.जी.को मुल्य रु.२५ का दरले प्रति परिवारका १ जनालाई १० के.जी.का दरले स्थानीय ४०० किसानलाई युरिया मल विक्री गरिरहेको अलगपथलाई बताउनुभयो । सोमबार नाम टिपोट गरी मंगलबार कुपन वितरण गरिएको र सोही कुपनका आधारमा अहिले सो मल विक्री गरिरहेको उहाँको भनाई छ ।
स्थापना कालदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्थाले बचत तथा ऋण कारोवारका अतिरिक्त कृषकहरुलाई सुपथ मुल्यमा मल र बीउ विक्री गर्दै आएको छ जनाइएको छ । हाम्रो यो संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा सरसफाई जस्ता रचनात्मक कार्यक्रमका साथै स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने जस्ता कार्य गर्दै आएको व्यवस्थापक दुलालको थप भनाई छ ।
तुल्सीकृष्ण घजुको अध्यक्षतामा सञ्चालक समिति कार्यरत रहेको त्यस संस्थामा शेयर सदस्य संख्या ८९२, शेयर पूँजी रु.७४,४१,९००, निक्षेप संकलन रु.७,३६,,८२,६८५, ऋण लगानी रु.७,३३,४१,३४५, लगानी रु.१४,९२,३१५, जगेडा तथा अन्य कोष रु.३४,३०,५२१ र कुल कारोबार रु.९,६३,३३,९२७ रहेको बताइएको छ ।
