काठमाडौं/ काठमाडौंको सोल्टिमोडस्थित होटल द सोल्टीमा यही जेठ २९ गते आईतबारबाट शुरु भएको चौथो साकोस शिखर गोष्ठि-२०७९ सोमबार १२ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को आयोजना तथा नेपाल सरकारको सह-आयोजनामा सम्पन्न सो गोष्ठिको गृह मन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री खाणले सहकारी अभियानले आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्नुभएको थियो । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डित , नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायतले आ-आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।


दीगो एवं एकीकृत सञ्जालका लागि नवीनतम साझा प्रविधि‘ भन्ने मूल भावका साथ सम्पन्न त्यस गोष्ठिमा ५ वटा सामूहिक र ४ वटा ब्रेकआउट सत्र सञ्चालन भएका थिए । देशभरका ७५० जना जति साकोस प्रतिनिधिको सहभागिता रहेको उक्त गोष्ठिमा सहभागी हुने प्रति प्रतिनिधिले भ्याट सहित रु.१३ हजार जति प्रवेश शुल्क तिरेको त्यसै गोष्ठिमा सहभागी एक प्रतिनिधिको भनाई थियो ।
गोष्ठिबाट जारी गरिएको घोषणा-पत्र


