काठमाडौं/ बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले आउदो जेठ २९ र ३० गते दुई दिवसीय राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको हज्ञभागिता रहने दुई दिवसीय उक्त गोष्ठि विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म द सोल्टी होटल (साविकको होटल सोल्टी क्राउनप्लाजा) काठमाडौंमा हुने नेफ्स्कूनले जारी गरेको सूचनामा उल्लेख छ ।
२०६८ सालदेखि हरेक वर्ष नेफ्स्कूनले विभिन्न विषयमा राष्ट्रिय गोष्ठि सञ्चालन गर्दै आएको छ तर २०७७ र २०७८ सालमा भने कोभिड -१९ को महामारीका कारण सो गोष्ठि आयोजना हुन सकेको थिएन ।