६५औं सहकारी दिवसमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुर/ आइतबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजना र जिल्ला सहकारी संघ लि.,भक्तपुर, भक्तपुर जिल्ला कृषि सहकारी संघ लि. बहु्उद्देश्यीय सहकारी संघ लि.,भक्तपुरको सममन्वयमा ६५ औं राष्ट्रिय सहकारी दिव प्रभातफेरी कार्यक्रम सहित टौमढीमा मनाइयो । उक्त कार्यक्ममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले ‘स्थानीय जनताद्वारा समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि खोलिएका सहकारी संस्था मात्र सही सहकारी हो । व्यक्तिगत तथा नाफाको लागि मात्र खोलिएका सहकारी सहकारी नभई फाइनान्स कम्पनी जस्तै हो । त्यस्ता सहकारी र विकृती विरुद्ध सहकारी अभियानले निरन्तर संघर्ष गर्नुपर्छ । यदी सहकारीका विकृतीहरु नरोक्ने हो भने सहकारी अभियान नष्ट हुन सक्छ, भन्नुभयो’ ।

उहाँले सहकारीमा संकलित पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले नेपालमा संगठित र ठुलो सञ्जाल भएको सहकारीले पूँजी परिचालन, रोजगारी सृजना र लैगिंक समानताको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीको संख्यात्मक बृद्धिसंगै गुणात्मक बृद्धिमा जोड दिनुभयो । उहाँले लगानीका क्षेत्रहरु पहिचान गरी सहकारीले उत्पादन बृद्धि र वित्तीय अनुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यस्तैगरी कार्यक्रममा जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काले सहकारी ऐन र नियम विपरीत सहकारीको गुणात्मक बृद्धि भन्दा संख्यात्मक बृद्धि भएको बताउनुभयो । उहाँले हाल प्रदेश सरकारबाट प्रक्रिया नपु-याई बहुउद्देश्यीय सहकारी संस्थाहरुको दर्ता गर्ने कार्य भएकाले यस सहकारीमा विकृती ल्याउने तर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रक्रिया नपु-याई दर्ता भएका सहकारी संस्थाहरुलाई भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशित गरी आम समुदायलाई सचेत बनाएको उहाँको भनाई थियो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वि.सं.२०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको बताउदै सहकारीमा सन्दर्भ व्याजदर ऋणमा १६ प्रतिशत तोकिए पनि यसको कार्यान्वयन नभएको विचार व्यक्त गर्नुभयो । ऋणमा प्रदान गर्ने व्याज भन्दा बढी व्याज प्रदान गरी बचत संकलन गर्ने सहकारी संस्थाको छानबिन गर्नुपर्ने माग गर्दै उहाँले सहकारीलाई स्वछन्द रुपमा छोड्ने हो भन्ने विकृती बढ्ने तर्फ ध्यानआकर्षण गराउदैं कानुन बमोजिम दण्ड सजाय हुनुपर्नेमा जोड दिनुभयो । त्यसै अवसरमा सोही
संघका उपाध्यक्ष हरि बल्लले सहकारीलाई बैंक वित्तीय सरह मानेर मालपोत कर उठाउनु जायज नभएको विचार व्यक्त गर्नुभयो । सहकारी ऐनमा एक व्यक्ति- एक सहकारीको व्यवस्था शंसोधन गर्न हाम्रो यस संघले प्रदेश सरकारमा निवेदन पेश गरेको उहाँले बताउनुभयो । उकृत कार्यक्रमको सञ्चालन त्यसै घका सचिव जगनाथ प्रजापतिले गर्नुभयो । त्यस प्रभातफेरी कार्यक्रममा १२४ वटा संस्थाहरुबाट ३००० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *