ललितपुरको पुल्चोकमा प्रधान कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी काठमाडौंको नयाँ बजारमा सदस्य सुबिधा काउण्टर सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच आज सो संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त सदस्य सुबिधा काउण्टरको सञ्चालन शुभारम्भ गर्नुभयो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी यो सुबिधा काउण्टर सञ्चालनमा ल्याएको बताउनुभयो । । यो सदस्य सुबिधा काउण्टर त्यस संस्थाको सातौं सदस्य सुबिधा काउण्टर हो । काठमाडौंको न्युरोड र चावहिल, भक्तपुरको कौशलटार , ललितपुरको चापागाउँ र चितवनको पर्सामा उक्त संस्थाको सदस्य सुबिधा काउण्टर सञ्चालनमा छन् । ३ सय जना कर्मचारी कार्यरत रहेको त्यस संस्थाले बचत र ऋण कारोवारका अतिरिक्त
त्यसै कार्यक्रममा अवसरमा सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय कार्य गरिरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सुबिधालाई मध्यनजर गरी थप सदस्य सुबिधा काउण्टर स्थापना गर्ने योजना रहेको छ भन्नुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्नुका साथै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उक्त संस्थाको सहकारी क्षेत्रमा छुट्टै पहिचान निर्माण भएको छ ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।