महिला ट्राफिक प्रहरीले महिनावारी भएको ४ दिन सडकमा डिउटी गर्न नपर्ने

उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनामारी भएको ४ दिनसम्म सडक डिउटीमा नखटाउने घोषणा गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने क्रममा आज सामाजिक सञ्जाल फेसबुकमा सो विषय पोष्ट गर्दै उहाँले महिनावारी भएका महिला ट्राफिक प्रहरीको अनुपस्थितिमा मादक पदार्थ सेवन गर्नेहरुबाट स्वयंसेवकको रुपमा सहयोग लिने उल्लेख गर्नुभएको छ ।

उप-प्रधानमन्त्री तथा गृह मन्त्री लामिछानेको यो घोषणालाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छन् ।

महिनावारी हुँदा महिलाहरुलाई पीडा भएर काम गर्न गाह्रो पर्ने भएकोले महिनावारी हुदा महिला कर्मचारीलाई बिदा दिनु पर्ने आवाज उठिरहेको छ तर सम्बन्धित पक्षले त्यसको उचित सम्बोधन गरेका छैनन् ।

Leave a Reply