१२ दिनदेखि युद्धरत इरान र इजरायल अन्तत: १२ घण्टाका लागि युद्धविराम गर्न सहमत भएको अन्तर्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब १२ घण्टासम्म दुबै देशले एक अर्का विरुद्ध आक्रमण नगर्ने कतिपय जानकार बतायछन् ।
दुबै देशले एक अर्का विरुद्ध आक्रमण गर्दै आएका थिए । यो युद्धकै बीच गत शनिबार संयुक्त राज्य अमेरिकाले इरानमाथि हवाई हमला गरेपछि युुद्धधले नयाँ मोड लिएको थियो । सोमबार इरानले बदलास्वरुप: कतारमा रहेको संयुक्त राज्य अमेरिकाको एयर बेसमाथि आक्रमण गरेर क्षति पु-याएपछि संयुक्त राज्य अमेरिका इरान र इजरायललाई युद्धविराम गर्न दवाव दिएको थियो ।
यो युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यी दुई देश बीच युद्ध शुरु हुनु अघि प्रति व्यारेल कच्चा तेलको मूल्य ६५ डलर भएपनि यतिबेला भने कच्चा तेलको प्रति व्यारेल ७९ डलर पुगेको बताइएको छ । यसले अन्तर्ष्ट्रिय बजारको अर्थतन्त्रमा अशर गरेको छ । जसका कारण एसियाली शेयर बजार खसकेको कतिपपय जानकार बताउछन् ।





