बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज, सार्क गतिसुन्य

काठमाडौं/ नेपाल, भारत , भुटान, बंगलादेश, माल्दिप्स, श्रीलंका, म्यानमार र थाइल्याण्ड सम्मिलित देशहरुको संगठन बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज श्रीलंकाको राजधानी कोलम्बोमा हुदै छ । सो सम्मेलनमा नेपालको तर्फबाट भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खडृका कोलोम्बो पुगी सक्नु भएको छ । त्यहाँ उहाँले त्यस सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नु भएको बताइएको छ । सो सम्मेलनलाई बिमस्टेक देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त सम्मेलनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने बताइएको छ ।

यस अघि सन् २०७८ मा बिमष्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो ।

सार्क गतिसुन्य

नेपाल, भारत , बंगलादेश , भुटान , श्रीलंका, पाकिस्तान , अफगानिस्तान र माल्दिप्स सम्मिलित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘ सार्क‘ भने यतिबेला गतिसुन्य देखिएको छ । भारत र पाकिस्तान बीचको अन्तर्विरोधका कारण यो संगठनले विगत लामो समयदेखि गति लिन सकेको छैन ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले पनि पाकिस्तानको उपस्थिति रहने सार्कलाई गतिशील बनाउन खासै ध्यान नदिएको कतिपय परराष्ट्र मामिलाका जानकारहरु बताउछन् । बिमष्टेकसँगै सार्क पनि गतिशील हुनु पर्ने आवाज भने उठिरहेको छ ।

Leave a Reply