बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर अन्तेष्टि हुदै

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर आज विशेष राजकीय सम्मानका साथ अन्तेष्टि हुदैछ । कुनै देशका राष्ट्र प्रमुख त कुनै देशका सरकार प्रमुख र कुनै देशका सरकारका प्रतिनिधि सहित विश्वका धेरै देशका नेताहरु उहाँको पार्थिव शरीरको अन्यन्तेष्टि सहभागी हुने क्रम चलिरहेको सञ्चार माध्यमहरुले जनाएका छन् । नेपालबाटको प्रतिनिधित्व गरी परराष्ट्र मन्त्री डा.नारायण खड्का यस अघि नै बेलायत ग एर दिवंगत महारानीप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

९७ वर्षको उमेरमा निधन हुनुभएकी महारानी एलिजाबेथ द्वितीय ७० बर्षसम्म बेलायतको महारानी हुनुहुन्थ्यो । सन् १९५२ मा राजगद्धी सम्हाल्नुभएकी महारानी एलिजाबेथ द्वितीयले आफ्नो शासन कालमा १५ जना प्रधानमन्त्रीलाई पदभार ग्रहण गराउनुभएको थियो । महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि राजगद्दी उत्तराधिकारी समेत रहनु भएका उहाँका छोरा चाल्सले बेलायतको राजगद्धी सम्हाल्नुभएको छ ।

Leave a Reply