श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री बिक्रमासिङ्गे सामु आर्थिक संकट समाधान गर्ने चुनौति

काठमाडौं/ बिहीबार ५ पटक प्रधानमन्त्री बनी सकेका रनिल विक्रमासिङ्गेलाई राष्ट्रपति गेटवाया राजापाक्षेले श्रीलंकाको प्रधानमन्त्री पदमा नियुक्त गरी पद तथा गोपनियताको सपथ गराउनुभयो । बिहीबारबाट बिक्रमासिङ्गेले प्रधानमन्त्रीको कार्यभार सम्हालु भएको छ । बिगत लामो समयदेखि आर्थिक संकट बेहोरिरहेको श्रीलंकाकामा जनताले हटृताल गरेका कारण यही बैशाख २६ गते प्रधानमन्त्री महेन्दा राजापाक्षेले आफ्नै भाइ समेत रहेका राष्ट्रपति गेटवाया राजापाक्षे समक्ष प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि पुन: प्रधानमन्त्री बनेका बिक्रमासिङ्गे सामु हिंसात्मक बनेक जनविरोधलाई अन्त गरी २ करोड २० लाख श्रीलंकाली जनतालाई ईन्धन, खाद्यान्न, औषधि लगायतका अत्यावश्यक बस्तुको सेवा प्रवाह गर्ने र श्रीलंकालाई आर्थिक संकटबाट मुक्त गर्ने चुनौति छ । अनुभवी राजनीतिज्ञ बिक्रमासिङ्गेबाट यो चुनौति पार लाग्न सक्ने धेरैले आशा गरेको देखिएको छ ।

अर्थतन्त्रको आधार पर्यटन भएपनि यो देशमा कोरोना महामारीका कारण विदेशी पर्यटक नआउँदा विदेशी मुद्राको अभवा भएको कतिपय अन्तर्राष्ट्रिय विषयका जानकारहरुको भनाई छ । विदेशी मुद्राको अभाव हुदा श्रीलंकामा इन्धन , औषधि, खाद्यान्न लगायतका अत्यावश्यक बस्तु आयात गर्न समस्मा हुदै आएको छ , जसका कारण विरोधमा उत्रिएका जनताको सडक संघर्ष हिंसात्मक बनेपछि सो क्रममा ९ जनाको ज्यान जानुका साथै दर्जनौं घाइते भएका र सांसदहरु सहित विभिन्न व्यक्तिका घर र व्यवसाय तोडफोड र आगजनी भएका समाचार छ । तोडफोड , लुटपाट र आगजनीका घटना बढ्दै गएपछि त्यसलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनुका साथै सेना समेत परिचालन गरिएको छ भने आगजनी, तोडफोड र लुटपाटमा सम्लग्नमाथि गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्

यता राष्ट्रपति राजापाक्षेको राजीनामाको माग गरी आन्दोलन गरिरहेका श्रीलंकाली जनताले पूर्व प्रधांनमन्त्री बिक्रमासिङ्गेलाई पुन: प्रधानमन्त्री पदमा गरिएको नियुक्तिलाई कुन रुपमा लिन्छन् , त्यो भने हेर्न बाँकी छ । राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीलाई संसद मार्फत थप अधिकार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply