सोभियत संघका अन्तिम राष्ट्रपति गोर्वाचोवको निधनमा विभिन्न देशका नेताहरु दु:खी

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचोवको मृगौला रोगको अस्पताममा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको निधनप्रति रुसी राष्ट्रपति भृलादिमिर पुटिन सहित विभिन्न देशका नेताहरुले दू:ख व्यक्त गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन १९३१ मार्च २ तारेकका दिन गरिव परिवारमा जन्मेका गोर्वाचोव सन् १९८५ मा सोभियत संघको राष्ट्रपति बन्नुभएको थियो ‌‌। सोभियत संघको कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका गोर्वाचोवले खुल्लापन र स्वतन्त्रताको नीति लागू गरेका थिए । बर्षौंदेखि संयुक्त राज्य अमेरिकासँगको शीत युद्ध गोर्वाचव राष्ट्रपति भएकै बेला सकिएको बताइन्छ ‌‌र यतिबेला भने संयुक्त राज्य अमेरिका सहितका पश्चिमा देशहरु र रुस बीच शीत युद्ध चलिरहेको छ ‌।

राष्ट्रपति गोर्वाचोवको शासन कालको अन्तमा सन् १०९१ मा सोभियत संघ विभाजन भएर १५ देश बनेका थिए । सोभियत स़घ विभाजन भएर सोभियत सत्ता ढलेसँगै बर्लिन पर्खाल भत्काएर दुबै जर्मनी एक भएका थिए भने पूर्वी युरोपका देशहरुबाट कम्युनिष्ट सत्ता ढलेका थिए ।

सोभियत सत्ता ढल्नुमा मिखाइल गोर्वाचोव मुख्य दोषी देखिएपनि त्यस बेला सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व तह भित्रको अन्तर्विरोध प्रमुख कारण देखिन्छ । तत्कालीन राष्ट्रपति गोर्वाचोव क्रिमिया गएको बेला सोभियत कम्युनिष्ट पार्टी कतिपय नेताहरुले उनलाई त्यही नजरबन्द गरी पदच्युत खर्न खोज्दा सोभियत संघ ढलेको बताइन्छ ‌‌र सोभियत संघ बिखण्डन हुनु र सोभियत सत्ता ढल्नुमा सन १९५३ मा तत्कालीन राष्ट्रपति जोसेफ स्तालिनको निधन भएपछि राष्ट्रपति बनेका निकिता खुर्चेभले नै एकपछि अर्को गर्दै सोभियत कम्युनिष्ट पार्टी र सोभियत सत्तालाई दक्षिणपन्थी बाटो हिडाएको र त्यसलाई निकिता खुर्चेब पछिका सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व र सोभियत संघका राष्ट्रपतिहरुले निरन्तरता दिएकाले सोभियत संघ र सोभियत सत्ता ढल्ने ठाउँमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटृटेलको भनाई छ ‌।

Leave a Reply