अत्यधिक महङ्गी बढ्दा आर्थिक विपन्न मानिसहरु मारमा

बजारमा उपभोग्य सामानको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् , त्यसले आर्थिक विपन्न वर्गका मानिसहरु बढी मारमा परेको देखिएको छ । काठमाडौंको कोटेश्वरस्थित एक खाद्यान्न पसलका सञ्चालकले आफूले केही समय अगाडि रु.१,७०० मा विक्री गर्दै आएको चामल बजारमा भएको मुल्य बृद्धिका कारण यतिबेला रु.२,१५० सम्ममा विक्री गर्न बाध्य भएको अलगपथलाई बताए । यो विषयमा सरकार तथा चु नावमा भाग लिने तयारी गरिरहेका राजनीतिक दलहरु र तिनका भातृ संगठनहरु भने यतिबेला मौन छन् । ठूला चाडपर्व नजिकिएसँगै बजारमा बढेको अत्यधिक मुल्य बृद्धिले धेरै मानिसहरुलाई सकस परेको देखिएको छ । रुस र युक्रेन बीचको युद्धका कारण सामानको मुल्य बढेको सरकारी अधिकारीको भनाई छ ।

उपभोक्ताहरु भने अच्चाक्ली बढेको मुल्य बृद्धि नियन्त्रण गर्ने कुनै कार्य नगरेको दुखेसो व्यक्त गरिरहेका छन् । राज्यका नियामक निकायले राम्रो सँग बजार अनुगमन र नियमन नगर्दा बजारमा कालाबजारी र उपभोग्य सामानको मुल्य बढेको सरोकारवालाहरु बताउछन् । कतिपय मानिसहरुले भने चुनावका लागि राजनीतिक दलहरुले उद्योगी/ व्यापारीहरुबाट चुनावका लागि चन्दा संकलनमा केन्द्रित हुदा अत्यधिक रुपमा महङ्गी बढेको बताइरहेका छन् । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आउदा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य नघटाएकोप्रति नेपाल कम्युनिष्ट पार्टी सहितका ४ कम्युनिष्ट पार्टी सहितका सरोकारवालाहरुले विरोध गरिरहेका छन् ।

पिउने पानीको मुल्य बढाउनु पर्ने कारण छैन

बजारमा जार र बोत्तलको पानीको मुल्य बढ्नु पर्ने कारण नभएको जानकारहरु बताउछन् । पानी उद्योगीको एक जार पानीको खर्च रु.५ देखि ६ सम्म पर्ने र बाँकी रुपैया व्यापारीहरुले मिलेर खाने गरेको स्वयं पिउने सम्बन्धी कार्यमा सम्लग्न व्यक्तिहरु नै सहमत देखिन्छन् । पानीको गाडीले पानी विक्री पसलमा प्रति जार पानी रु ३५ मा झार्ने र पसलेले रु.४५ भन्दा बढी मुल्यमा विक्री गर्ने गरेको देखिन्छ ।

Leave a Reply