आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले पसल र कारखाना बन्दलाई निरन्तरता दिने

नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को आफ्नो बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिबृद्धि कर (VAT) लागु गरेर व्यवसायी र उपभोक्ताहरुलाई थप भार परेको भन्दै उक्त कर र भ्याट खारेजीको माग गर्दै आन्दोलन गरिरहेका सुनचाँदी व्यवसायीहरुले पसल र कारखाना बन्द गरेर आन्दोलनलाई निरन्तरता दिने भएका छन् । ५ जिल्लाका सुनचाँदी व्यवसायी संघहरुको आज बसेको संयुक्त बैठकले सो निर्णय गरेको ती संघहरुले बैठकपछि जारी गरेको संंयुक्त प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *