आफ्ना पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले नेपाल उद्योग परिसंघ स्तब्ध

नेपाल उद्योग परिसंघले आफ्ना पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले स्तब्ध बनाएको जनाएको छ । नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘मिश्रको ७० वर्षको उमेरमा आज विहान निधन भएको परिवारले जनाएको छ । चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको छ ।
नेपालको पर्यटन उद्योगका विषयमा सधै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ । टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म यश परिसंघको उपाध्यक्ष हुनुभएको थियो ।
स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *