एल.पी.जी. ग्यास बाहेकको पेट्र‍ोलियम पदार्थको घट्यो मुल्यो

नेपाल आयल निगम लि.ले एल.पी.जी. ग्यास बाहेकका पेट्र‍लियम पदार्थको गएरातीबाट मूल्य घटाएको जनाएको छ । गत शनिबार इण्डियन आयल कर्पोरेशनबाट पेट्र‍लियम पदार्थको मूल्य घटेर आएकोले खुद्रा बिक्री बजार मुल्य पेट्र‍ोल, डिजेल र मट्टितेलमा पहिलो, दोश्रो र तेश्रो वर्गको क्रमशः प्रति ली. रु.७/५०,६/०० र ५/०० ले तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति ली. रु.१४ र हवाई इन्धन बाह्यतर्फ प्रति ली. करिब १५ रुपैयाले घटाएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको आधारमा पेट्रोलियम पदार्थको मूल्य समाय‍ोजन नगर्दा पछिल्लो समयमा नेपाल आयल निगम लि.को नाफा बढेको बताइएको छ ।

Leave a Reply