मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि. र ई.टी.एस.आई.पी.एल.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ एवं उत्पादनहरु सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको दशौं संस्करण 10th Nepal Wood International Expo, 5th Nepal International Furniture Expo तथा Nepal HomeTex & Home Décor International Expo २०८१ माघ ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने जनाइएको छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब-डिलर र बिक्रेताहरुले काठ ब्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ- नयाँ प्रविधीको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्षदेखि कोसेढुंगा सावित हुदै आएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ एवं उत्पादनहरुहको उल्लेखनीय सहभागिता रहने छ ।
यस नवौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले विश्वमा ख्याती कमाएका कम्पनी तथा ब्राण्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको विश्वास छ ।
‘१० औं संस्करणको यो प्रदर्शनीमा धेरै नयाँ प्रविधि र सामाग्रीको प्रदर्शनी हुनेछ । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरूको पनि आयोजना हुनुका साथै यसमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इण्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहनेछ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इण्टोरियर डिजाईनर एसोसिएशन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेको आयोजकले बताएका छन ।
“यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु-याउने छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इञ्जिनियरस् तथा इण्टोरियर डिजाइनरहरुको सहभागिता रहने छ । यस प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धी कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने छ “, आयोजकको थप भनाई छ ।
यो प्रदर्शनीबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क गर्न सकिने छ ।
The Organizing Team
Nepal Wood International Expo
Media Space Solutions Pvt. Ltd.,
Kathmandu, Nepal.
Tel. +977 1 5369795, +977 1 5363715





