नेपालद्वारा भारतमा १७७.७ मेगावाट विजुली विक्री

काठमाडौं/ गएको मध्यरातबाट कालीगण्डकी ए को १४० मेगावाट विजुली भारतीय उर्जा एक्चेञ्ज मार्फत भारतमा विक्री थालेसँगै नेपालले भारतमा विक्री गर्न थालेको विजुलीको परिमाण १७७.७ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरण श्रोतले जनाएको छ । बर्षातले नदीमा पानीको बहाव बढेसँगै गत बिहीबारबाट नेपाल विद्युत प्राधिकरणले त्रिसुलीको २३.२ र देबीघाटको १४.५ मेगावाट गरी ३७.७ मेगावाट विजुली भारतीय उर्जा एक्चेञ्ज मार्फत भारतमा विक्री शुरु गरेको जनाएको थियो । वर्षात याममा मात्रै विजुली भारतलाई विक्री गर्ने गरी औसत मुल्य नेपाली रुपैया १०.७६ प्रति युनिटका दरमा उक्त विजुली बिक्री गर्न थालेको बताइएको छ ।

Leave a Reply