नेपाल उद्य‍‍ोग परिसंघका पदाधिकारी र रास्वपा सचापति रवि लामिछाने बीच छलफल

नेपाल उद्य‍ोग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच आज छलफल भएको नेपाल उद्य‍ोग परिसंघले जनाएको छ । त्यस अवशरमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताउदै अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याउनुभयो । उहाँले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो । बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा जानकारी गराउदै अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरीद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक- निजी साँझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
भूतप्रभावि हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ता बीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने खाँचो औँल्यादै उहाँले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐनका साथै अग्रिम जमानत कानूनको आवश्यकताका विषयमा जानकारी गराउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताउदै निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिदै सरकार र राजनीतिक दलहरुले गर्नु पर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद दिनुभयो ।

उक्त अवसरमा सोही परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवाल, परिसंघका महानिर्देशक दीपकराज जोशी लगायत हुनुहुन्थ्यो ।

मेक इन नेपाल ‘स्वदेशी’ र दराज बीच समझदारी

हिजो नेपाल उद्य‍ोग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराज बीच स्वदेशी सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्ने समझदारी भएको नेपाल उद्योग परिसंघले जाएको छ ।

Leave a Reply