सीएनआई- नवनियुक्त मुख्यसचिव छलफलः निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ : मुख्यसचिव अर्याल


नेपाल उद्योग परिसंघ (CNI) ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै सो परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।

उक्त अवसरमा मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै सोही परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताउनुभयो । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उहाँले बताउनुभयो । समग्र अर्थतन्त्रको विकासका लागि बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने र रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताउनुभयो । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको बताउदै उहाँ कानुन सुधार गरेर अगाडि बढ्ने प्रतिबद्दतन व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताउनुभयो ।
नेपाल उद्य‍ोग परिसंघका उपाध्यक्षद्वय वीरेन्द्राज पाण्डे र अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा.घनश्याम ओझा लगायतले मुख्यसचिव अर्याललाई बधाई तथा शुभकामना दिनुभय‍ो ।

सामाजिक सञ्जालमा जथाभावी भ्रामक तथा गलत सूचना सम्प्रेषण नगर्न साइबर व्युरोको अनुरोध

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्युरोले जथाभावी भ्रामक र गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ । सो जानेर या नजानेर सामाजिक सञ्जालमा जथाभावी सम्प्रेषण गरेर उदण्डता प्रस्तुत भएको र सामाजिक सद्भावमा असर पर्ने त्यस्ता कार्यले साइबर व्युरोको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल नर्सिङ परिषदको परीक्षा आगामी कार्तिक १० गते हुने

नेपाल नर्सिङ परीषदको परीक्षा आउदो कार्तिक १० गते हुने भएको छ । काठमाडौंको बाँसबारीस्थित नेपाल नर्सिङ परिषदको परीक्षा समितिले सो परीक्षा कार्यक्रम बुधबार सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *