प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि

काठमाडौं/ सरकारले नेपाल प्रहरी र संसस्त्र प्रहरी बलको राशनमा १५ प्रतिशत बृद्धि गरेको जनाइएको छ । अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो सम्बन्धी फाइलमा हस्ताक्षर गर्नु भएको बताइएको छ । पूर्ववर्ती ओली नेतृत्वको सरकारले प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि गर्ने सैद्धान्तिक निर्णय गरेपनि बजेट अभावले त्यो कार्यान्वयन हुन सकेको थिएन । बर्तमान सरकारले अध्यादेश प्रतिस्थापन विधेयक मार्फत प्रहरीको राशन बृद्धिको लागि बजेट बिनियोजन गरेको बताइएको छ ।

Leave a Reply