बढ्यो फेरि पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं/ नेपाल आयल निगम लिमिटेड गएको मध्यरातदेखि पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । सो निगमद्वारा जारी सूचनामा पेट्रोलमा प्रति लीटर रु.८ तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.१२ का दरले मुल्य बृद्धि गरेको उल्लेख छ । मुल्यबृद्धि भएसँगै पेट्रोलको खुलेआम प्रति लीटर रु.१७८ तथा डिजेल र मट्टितेलको प्रति लीटर मुल्य रु.१६५ र हवाई इन्धन (आन्तरिक) को प्रति लीटर मुल्य १६६ पुगेको जनाइएको छ । मुल्य समायोजन गरेपछि पनि पेट्रोलमा प्रति ली.रु.२४ , डिजेलमा प्रति लीटर रु.१८/१ र ग्याँसमा प्रति सिलिण्डर रु.७५१/१४ नोक्सान रहेको तर मट्टितेलमा प्रति लीटर रु.१७/३४ , हवाई इन्धन (आन्तरिक)को प्रति लीटर रु.१७/१ र हवाई इन्धन (बाह्य)मा रु.६४/४५ नाफा रहेको बताइएको छ ।

चौतर्फी दवावपछि पेट्रोल , डिजेल र मट्टितेलमा रु.१० घटाइएको थियो ।

यता कतिपय सरोकारवालाहरु भने सरकारले तेल उत्पादक देशहरुको संगठन (ओपक) तथा छिमेकी र मित्र राष्ट्रहरुसँग राम्रो कुटनीतिक सम्बन्ध कायम गर्न नसक्ता नेपालीहरुले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको मार सहनु परेको दुखेसो पोखेका छन् ।

Leave a Reply