एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट

आज मध्यान्ह १२ बजे नचिनेका ४ जनाको हतियारधारी समूहले मह‍ोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंकको शाखाबाट अन्दाजी ३५ लाख रुपैया लुटपाट भएको जानकारी प्राप्त भएको छ । लुटेराले उक्त शाखाको क्यास काउण्टरबाट रकम लुटेर लगेको बताइएक‍ो छ । लुटेराले कति रकम लुटे भन्ने यकिन भइनसकेको र बैंकको रकम लुटेर भागेकाहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो शाखामा भएको लुटपाटमा त्यहाँका कर्मचारीको सम्लग्नता छ कि छैन भन्ने विषय प्रहरीको अनुसन्धानपछि मात्र थाहा हुनेछ तर यस अघि भएका अधिकांश बैक तथा वित्तीय लुटपाटमा त्यही भित्रका कुनै न कुनै कर्मचारीको मिलेमत्तो हुने गरेको प्रहरी अनुसन्धानबाट देखिदै आएको छ ।

Leave a Reply