बैंक तथा वित्तीय संस्था खुला गरी सेवा प्रदान गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल सरकार , मन्त्रीपरिषदले ले माओवादी जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि नेपाल राष्ट्र बैंकले आज बैंकिङ् कारोबार खुल्ला गर्न बैंकहरुलाई निर्देशन गरेको छ । सो बैंकले सूचना जारी गरी गरेको सूचनामा नगद कारोवार , चेक क्लियरिङ , RTGS लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न आज विहान १० बजेदेखि दिउसो १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारू गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको उल्लेख छ ।

आज सरकारी कार्यालय लगायतका संघ/संस्था बिदा भएपनि अस्पताल , धेरैजसो निजी शिक्षण संस्था , कलकारखाना लगायत सञ्चालन भइरहेका छन् ।

Leave a Reply