हुलाक बचत बैंकको वित्तीय कारोबार सोमबारदेखि राष्ट्रिय वाणिज्य बैंकबाट हुने

हुलाक बचत बैंकले गरिरहेको वित्तीय कारोबार आउदो सोमबारदेखि राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ । सघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा गएको आफ्न‍ो आर्थिक बर्ष २०८०/०८१ को बजेट (विनिय‍ोजन विधेयक) मार्फत नेपाल सरकारले हुलाक बचत बैंक बिघटन गर्ने विषय उल्लेख भएसँगै सोही अनुरुप प्रक्रिया अगाडि बढेको जनाइएको छ । नेपाल सरकारले हुलाक बचत बैंक बिघटन गर्ने निर्णय गरेपछि हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिघटन भएको हलाक बचत बैंकमा रहेको सेवाग्राहीको खाता र कारोबार रकम राष्ट्रिय वाणिज्य बैंक लि.मा हस्तातरण गर्ने सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सोही अनुरुप हुलाक सेवा विभागले बिघटित हुलाक बचत बैंकमा कारोबार गरिरहेका सेवाग्राहीका खाता र कारोबार रकम राष्ट्रिय वाणिज्य बैंकमा यही असार मसान्त भित्र हस्तान्तरण गरि सक्ने गरि कार्य गरिरहेको जनाइएको छ ।

हुलाक बचत बैंकमा कार‍ोबार गरिरहेका सेवाग्राहीले आउदो साउन १ गते सोमबारदेखि आफूलाई पायक पर्ने राष्ट्रिय वाणिज्य बैंक लि.को शाखा कार्यालयमा गएर आफ्नो खाता अध्याबधि गरि कार‍ोबार गर्न सक्ने गरि व्यवस्था मिलाइएको हुलाक सेवा विभागका अधिकारीहरुको भनाइ छ ।

तत्कालीन श्री ५ को सरकारले आर्थिक बर्ष २०३१/०३२ देखि हुलाक कार्यालयलाई हुलाक बचत बैंक मार्फत हुलाकका इच्छुक कर्मचारीको रकम बचत गर्न र आर्थिक बर्ष २०६०/०६१ देखि ऋण लगानी गर्न सक्ने अनुमती दिएको थियो , जस अनुसार देशभरका ६८ वटा हुलाक कार्यालयमा रहेका हुलाक बचत बैंमा ५७ हजार जति सेवाग्राहीको कारोकार रहेको र त्यसमध्ये १ हजार ७ सय जति सेवाग्राहीलाई उक्त बैंकले ऋण लगानी गरेको बताइएको छ ।

Leave a Reply